मंगलबार, चैत २४, २०८२

बिपिएल : डेब्यु खेलमा सन्दिपको २ विकेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय टोलीका लेगब्रेक स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बिपिएल) टी-२० क्रिकेटको डेब्यु खेलमा २ विकेट लिएका छन् ।

 डेभिड वार्नरको कप्तानीमा रहेको सिलेट सिक्सर्सबाट खेलिरहको सन्दीपले भिक्टोरियन्सविरुद्धको डेब्यु खेलमा २ विकेट लिएका हुन् । खेलको ८औं ओभर लिएर आएका सन्दीले पहिलो ओरभमा विकेट लिन सकेनन् । 

आफ्नो पहिलो ओभरमा उनले ५ रन खर्चेका थिए । त्यसपछि व्यक्तीगत दोस्रो तथा टिमका लागि १० औं ओभर लिएर आएका उनले मात्र तीन रन खर्चे । त्यस्तै आफ्नो तेस्रो तथा टिमको १३औं ओभरमा १ विकेट लिए । 

उनले उक्त ओभरमा ६ रन खर्चेका थिए । उनले १३ रनमा खेली रहेका सोइब मलिकलाई सबिर रहमानको हातबाट क्याचआउट गराउँदै पेभिलिएन फर्काए । त्यसपछि आफ्नो अन्तिम ओभर लिएर आएका उनले दोस्रो बलमा नै अनमुल हक्युलाई बोल्ड आउट गरे । 

यस ओभरमा उनले मात्र २ रन खर्चेका थिए । डेब्यु खेलमा उनले ४ ओभर गरेर २ विकेट लिदै मत्र १६ रन खर्चे । यसअघि उनी अष्ट्रेलियन लिग बिग ब्यास खेलेर बंगलादेश पुगेका थिए । 

उनले बिग ब्यास लिगका ४ खेलमा उत्कृष्ट बलिङ गर्दै ८ विकेट लिएका थिए । उनले बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।