बिहीबार, साउन २८, २०८३

मौसममा बदली, सातै प्रदेशमा वर्षाको सम्भावना

 |  शनिबार, पुस २७, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, पुस २७, २०८१

काठमाडौं- देशका केही स्थानमा शनिबार राति र आइतबार भोलि वर्षा र हिमपात हुन सक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपात हुने भएको हो। नेपालमा यो प्रणालीको प्रभाव सुरु भइसकेको छ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाको भनाइ छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आइतबार बढी देखिनेछ। आइतबार सातै प्रदेशका केही स्थानमा वर्षा हुन सक्ने सम्भावना छ।

आइतबार काठमाडौंमा भने वर्षाको सम्भावना कम छ। महाशाखाले वर्षा र हिमपातले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउनु आग्रह गरेको छ।

प्रकाशित: Jan 11, 2025| 19:29 शनिबार, पुस २७, २०८१
प्रतिक्रिया दिनुहोस्