शनिबार, पुस २७, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • पोर्चुगल र पोल्याण्ड पठाइदिन्छु भनेर सात लाख ठग्ने दुईजना समातिए

Siddartha premir insuranceSiddartha premir insurance

पोर्चुगल र पोल्याण्ड पठाइदिन्छु भनेर सात लाख ठग्ने दुईजना समातिए

 |  शनिबार, पुस २७, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, पुस २७, २०८१

ntc landingntc landing

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। 

himalayan bank box

पक्राउ पर्नेहरूमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ बस्ने ४८ वर्षीया शिवा न्यौपाने र मोरङ उर्लाबारी नगरपालिका-५ नमुनाटोल घर भई ललितपुर, ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ४७ वर्षीया भुमिका देवान रहेका छन्।

पक्राउमध्ये शिवाले पोर्चुगल पठाइदिन्छु भन्दै पीडितबाट ६ लाख रूपैयाँ र भुमिकाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शिवालाई काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाबाट र भुमिकालाई ललितपुर महानगरपालिका-२७ सुनाकोठीबाट पक्राउ गरेको हो। 

शिवालाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ भने भुमिकालाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
 

प्रकाशित: Jan 11, 2025| 17:26 शनिबार, पुस २७, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्