बिहीबार, साउन २८, २०८३

श्रीमती हत्याको अभियोगमा रुद्रबहादुर पक्राउ

 |  शनिबार, पुस २७, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, पुस २७, २०८१

रूपन्देही- आफ्नै श्रीमती ४० वर्षीया कमला सेन खड्काको हत्या गरेको अभियोगमा देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रूद्र बहादुर खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

घरायसी विषयमा झै-झगडाको क्रममा रूद्र बहादुरले धारिलो हतियार चक्कु प्रहार गर्दा कमला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

गम्भीर घाइते भएकी कमलाको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jan 11, 2025| 17:25 शनिबार, पुस २७, २०८१
प्रतिक्रिया दिनुहोस्