बिहीबार, जेठ २१, २०८३

बझाङमा जीपको ठक्करबाट एक जनाको मृत्यु

 |  शुक्रबार, पुस २६, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २६, २०८१
National life
Shivam cement

बाजुरा- जिल्लाको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जीपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ। कोल्टीबाट मार्तडी आउँदै गरेको सुपप्र ०१–००१–४४३० नंको जीपले बाटोमा हिँडिरहेकी ६० वर्षीया रुपीसवा धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।

बूढीनन्दा–१० घर भई बूढीनन्दा–९ पाण्डुसैन छोरीको घर बस्दै आएकी धामीलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

महिलालाई ठक्कर दिने जीप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: Jan 10, 2025| 16:31 शुक्रबार, पुस २६, २०८१
प्रतिक्रिया दिनुहोस्