शनिबार, पुस ५, २०८२

पाँच हजार आठ सयभन्दा बढी फरार प्रतिवादी पक्राउ

 |  शुक्रबार, पुस २६, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २६, २०८१

काठमाडौं- नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार ८४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। उनका अनुसार चालू आवमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरिएको हो।

National life

प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले साउनदेखि मंसिरसम्म पक्राउ परेकामा सबैभन्दा बढी मधेश प्रदेशका एक हजार ५९४ प्रतिवादी रहेका जानकारी दिए। काठमाडौं उपत्यकाबाट एक हजार २५३ जना प्रतिवादी पक्राउ परेका छन्। 

कोशीबाट ७३५, बागमतीबाट २६५, गण्डकीबाट ५०६, लुम्बिनीबाट एक हजार ३५, कणालीबाट १६९ र सुदूरपश्चिम प्रदेशबाट २३५ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए।

केन्द्रीय अनुसन्धान ब्युरोले ५४ जना पक्राउ गरेको छ। निजहरूबाट रु. ४३ करोड पाँच लाख ४२ हजार जरिवानासमेत तोकिएको छ। निजहरूबाट कुल कैद एक हजार ९६८ वर्ष नौ महिना आठ दिन भुक्तानी गर्न बाँकी रहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए।

प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न विशेष टोली परिचालन गर्दै आएको छ। सोही क्रममा उक्त संख्यामा प्रतिवादी पक्राउ गरी अदालतमा पेस गरिएको बताउँदै प्रवक्ता अधिकारीले अदालतको आदेशअनुसार जरिवाना तिराउर कारागारसमेत पठाइएको बताए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 10, 2025| 16:04 शुक्रबार, पुस २६, २०८१
प्रतिक्रिया दिनुहोस्