बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • हिउँमा चिप्लिएर पोखरीमा कार खस्दा अमेरिकामा दुई नेपालीको मृत्यु

हिउँमा चिप्लिएर पोखरीमा कार खस्दा अमेरिकामा दुई नेपालीको मृत्यु

 |  शुक्रबार, पुस २६, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २६, २०८१

हिउँमा चिप्लिएर पोखरीमा कार खस्दा अमेरिकामा दुई जना नेपालीको मृत्यु भएको छ।

भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीस्थित स्यान्टिलीमा रहेको विंगेट बाई विन्डह्याम होटल नजिकैको पोखरीमा कार खसेको हो।

स्यान्टिलीबाट प्रकाशित हुने अखबार डेलीभोइसका अनुसार मृत्यु हुनेमा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेका छन्। उनीहरुको नेपालको ठेगाना भने खुलेको छैन।

फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार बिहीबार स्थानीय समयअनुसार बिहान ७:२५ बजे सेन्टरभ्यू ड्राइभको ३९०० ब्लकमा गाडी डुबेको सूचना प्राप्त भएको थियो। हिउँले ढाकेको सडकमा गुडिरहेको कार अकास्मात् चिप्लेर पोखरीमा खसेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै डेलीभोइसले लेखेको छ।

सूचनापछि घटनास्थल पुगेको प्रहरीले पोखरीबाट कार निकालेको थियो। कार १० फिट गहिरो पोखरीमा पूर्ण रूपमा डुबेको थियो र कारभित्र दुई जना मृत भेटिएका थिए।

प्रहरीले उनीहरूको बारेमा जानकारी भएकाहरूलाई फेयरफ्याक्स काउन्टी प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरेको छ। 

प्रकाशित: Jan 10, 2025| 11:11 शुक्रबार, पुस २६, २०८१
प्रतिक्रिया दिनुहोस्