काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि प्रश्नोत्तर गर्न नदिइएको भन्दै नेपाली कांग्रेसले आइतबार संसद्को रोस्ट्रम घेरेको छ। प्रधानमन्त्रीको सम्बोधन गरेलगत्तै सभामुख कृष्णबहादुर महराले मिनेन्द्र रिजाललाई बोल्न समय दिइए पनि रिजालले सदुपयोग गरेनन्। त्यसपछि धेरैले प्रश्न सोध्न पाउनुपर्छ भन्दै कांग्रेस सांसदहरूले कुर्सीबाजी उठेर विरोध जनाएका थिए।
सभामुख महराले कसैलाई पनि प्रश्नोत्तरको अनुमति नदिने भन्दै निवृत्तिभरण कोष विधेयक सांसद कृष्णप्रसाद दाहाललाई अनुमति दिएका थिए। दाहालले विधेयक पेस गर्न लागेपछि कांग्रेसका सांसद रोस्ट्रम घेर्न पुगेका थिए।
दाहालले होहल्लाका बीच विधेयक पेस गरिरहँदा ठूलो संख्यामा मार्सल परिचालन गरिएको थियो। कांग्रेस सांसद पछि नहटेपछि सभामुख महराले संसद् बैठक स्थगित गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४