आइतबार, जेठ १८, २०८२

चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे

 |  शुक्रबार, पुस २६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २६, २०८१

vianetvianet

उदयपुर- चार दिनदेखि व्यापक चिसो बढेर शीतलहर सुरू भएसँगै उदयपुरमा जनजीवन प्रभावित भएको छ। चिसो बढेपछि विभिन्न विद्यालयमा खासगरी आधारभूत तहका विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको सम्बन्धित विद्यालयका शिक्षकहरू बताउँछन्।

त्रियुगा, चौदण्डीनढी नगरपालिकासहितका विद्यालयमा सरकारी तथा निजी विद्यालयका साना कक्षाका विद्यार्थी चिसोका कारण प्रभावित भई विद्यालयमा न्यून उपस्थित हुन थालेको त्रियुगा–१ जोगीदह जनता माविका शिक्षक देवन राईले बताए। त्रियुगा–११ पिसजोन स्कुलका शिक्षक भूपेन्द्र थापाका अनुसार कक्षा ४ भन्दा तल्ला तहका विद्यार्थी चार दिनदेखि चिसो बढेर शीतलहर सुरू भएसँगै २५ प्रतिशतमात्र उपस्थिति भएको शिक्षक थापाले बताए।

यस्तै, चौदण्डीगढी–९ हँडियास्थित जनता माविका शिक्षक बाबुनारायण चौधरीका अनुसार ह्वात्तै चिसो बढेर शीतलहरसमेत सुरू भएका कारण विद्यालयमा अध्ययन गर्ने साना कक्षाका विद्यार्थी चिसोबाट नकारात्मक प्रभावमा परेका कारण विद्यालयमा न्यून उपस्थिति हुन थालेको छ।

त्रियुगा नगरपालिका–१३ पोर्ताहका रामदेव चौधरीले शीतलहर र हुस्सुसमेत सुरू भएकाले घरका नानीहरू विद्यालय जान सक्ने अवस्था नरहेकाले दिनभर घरमा नै न्यानो लुगा ओढेर बस्न थालेको बताए। चिसो बढेकाले नानीहरूलाई विद्यालय पठाइयो भने असर गर्ने भन्दै अभिभावकहरूले विद्यालय पठाउन छाडेका छन्।

चार दिनदेखि उदयपुरको तराई क्षेत्र त्रियुगा, बेलका, चौदण्डीगढी र कटारी नगरपालिका क्षेत्रमा शीतलहरसँगै जनजीवन प्रभावित भएको स्थानीय बताउँछन्। अत्यधिक चिसो बढ्दै गएपछि नगर क्षेत्रका वृद्धवृद्धासमेत घरभित्र आगो तापेर  बस्न बाध्य छन्।

National life insurance

प्रकाशित: Jan 10, 2025| 10:31 शुक्रबार, पुस २६, २०८१
प्रतिक्रिया दिनुहोस्