शुक्रबार, पुस २६, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

धरौटी बुझाएर राति रिहा भए रवि, भने- समय आएपछि बोल्छु

 |  बिहीबार, पुस २५, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २५, २०८१

ntc landingntc landing

गण्डकी- पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित छ जनाले धरौटी रकम बुझाएका छन्। 

himalayan bank box

लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङले धरौटी रकम बुझाएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। स्रेस्तेदार खनालका अनुसार धरौटी रकम बुझाएसँगै उनीहरु रिहा भएका छन्। 

न्यायाधीश नितिज राईको इजलासले आज सभापति लामिछानेलाई रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाईंलाई रू ३७ लाख, मीना गुरुङलाई रू पाँच लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरुङलाई पाँच लाख र कृष्णबहादुर गुरुङलाई रू एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। प्रतिवादी लीला पछाईंले भने आज धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहने अदालतले जनाएको छ।

लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले पार्टी र परिवारको जिम्मा लगाइएको छ। शुक्रबार उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने जनाइएको छ। अदालतमा १० दिनसम्म भएको थुनछेक बहसपछि प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न आदेश आएको हो।  

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध मुद्दा चलाएको छ। धरौटीमा रिहा भएका प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान हुने स्रेस्तेदार खनालले बताए।

रिहा भएपछि रविले भने- न्यायालयप्रति सम्मान गर्छु, समय आएपछि बोल्छु
लामिछानेले न्यायालयप्रति आफ्नो सम्मान रहेको प्रतिक्रिया दिएका छन्। फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षणपछि बाहिरिने क्रममा बिहीबार राति प्रतिक्रिया दिँदै उनले न्यायालयप्रति सम्मान गर्ने बताएका हुन्। 

गाडीमा चढेर गन्तव्यतर्फ लाग्ने क्रममा उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘न्यायालयप्रति सम्मान गर्छु।’ 

फेसबुक लाइभमा लामिछानेले आफूलाई यो बीचमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। बिहीबार राति १० बजे रास्वपाकै नेता दीपक बोहराको फेसबुक लाइभमा देखिएका उनले भने, ‘सबै जनालाई धेरैधेरै धन्यवाद ! म बोल्ने समय आएपछि नबोल भनेपनि बोलौँला ! अहिलेलाई म सबै जनालाई धन्यवाद दिन चाहन्छु। 

उनले लडाइँ अझैँ बाँकी रहेको र न्यायालयप्रति आफू विशेष आभारी रहेको समेत प्रतिक्रिया दिए। ‘न्याय प्रणालीप्रति विश्वास गर्ने असाध्यै धेरै ठाउँ प्राप्त गरेकोमा धन्यवाद !’  

प्रकाशित: Jan 09, 2025| 22:35 बिहीबार, पुस २५, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्