शुक्रबार, साउन २, २०८२

दुर्गा प्रसाईंलाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश

 |  बिहीबार, पुस २५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २५, २०८१

vianetvianet

काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। 

थुनछेक बहसपछि बिहीबार न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो। 

त्यस्तै हरिचन्द्र फुयालसँग पनि तीन लाख धरौटी माग भएको छ। प्रसाईं, फुयाल र रामचन्द्र मैनालीविरूद्ध बुधबार सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दायर गरेको थियो।

मैनाली फरार छन्। उनीहरूले संगठित रूपमा गभर्नर महाप्रसाद अधिकारी र व्यवसायीहरूलाई धम्क्याएको आरोप थियो। प्रसाईंले नै फुयाललाई भारतमा धम्क्याउनका लागि परिचालन गरेको आरोप लागेको थियो।

प्रकाशित: Jan 09, 2025| 19:20 बिहीबार, पुस २५, २०८१
प्रतिक्रिया दिनुहोस्