शनिबार, पुस ५, २०८२

धरौटी बुझाए पनि छुट्न पाउनेछैनन् रवि

 |  बिहीबार, पुस २५, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २५, २०८१

काठमाडौं- जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश  दिएको छ ।

National life

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले आज उनलाई धरौटीमा छाड्न आदेश दिएको हो। सोही अभियोग लागेका पूर्वडीआईजी छविलाल जोशीसँग ८८ लाख धरौटी मागिएको छ।

धरौटी बुझाए पनि रवि रिहा हुने अवस्था छैन। किनभने काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई प्रहरीले काठमाडौं ल्याउनेछ।धरौटी बुझाएर छुटेलगत्तै लामिछानेलाई पुन: पक्राउ गरेर काठमाडौं ल्याउने तयारी प्रहरीले गरेको छ। 

लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिलको कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो।

लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपरोधको अभियोगमा मुद्दा दायर भएको छ। सोही मुद्दामा लामो बहसपछि आज थुनछेक आदेश आएको हो।

Laxmi sunrise bank
kumari

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा तीन करोड ३७ लाख ६५ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ रकम बिगो दाबी गरिएको छ।

प्रकाशित: Jan 09, 2025| 18:15 बिहीबार, पुस २५, २०८१
प्रतिक्रिया दिनुहोस्