शनिबार, पुस ५, २०८२

रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

 |  बिहीबार, पुस २५, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २५, २०८१

काठमाडौं- सहकारीको बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ।

National life

न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक दुई गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए।


जिल्ला अदालत कास्कीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। कास्कीसँगै उनीविरुद्ध अन्य चार जिल्लाबाट पनि पक्राउ पुर्जी जारी भएको छ।

प्रकाशित: Jan 09, 2025| 18:00 बिहीबार, पुस २५, २०८१
प्रतिक्रिया दिनुहोस्