आइतबार, साउन ११, २०८२

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

 |  बिहीबार, पुस २५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २५, २०८१

vianetvianet

काठमाडौं- देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जना पक्राउ परेका छन्। दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ हजार ट्याब्लेटसहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ पक्राउ गरिएको हो। 
  
नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरबाट  ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने २३ वर्षीय उन्तीयाज अली अन्सारी र २८ वर्षीया साहाना राईलाई पनि पक्राउ गरिएको छ।

नेपालगञ्ज उपमहानगरपालिका–१३ लालापुरवाबाट कोहलपुर नगरपालिका–२ मनकामना बस्ने २६ वर्षीय शुभम अधिकारी र सोही नगरपालिका–१ कौशिलानगर बस्ने २६ वर्षीय किरण राना मगरलाई पनि खेरो हेरोइनसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।  

प्रकाशित: Jan 09, 2025| 16:58 बिहीबार, पुस २५, २०८१
प्रतिक्रिया दिनुहोस्