शनिबार, पुस ५, २०८२

चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थापन सुरु

 |  बिहीबार, पुस २५, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २५, २०८१

चितवन- चितवन राष्ट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापनको काम सुरु गरेको छ। चालु आर्थिक वर्षमा दुईसय ५० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन गर्ने योजनाअनुसार अहिले काम सुरु गरिएको हो।

National life

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार ३७ लाख ५० हजार खर्चमा घाँसेमैदान व्यवस्थापनको काम सुरु गरिएको हो।

निकुञ्जभित्र कसरा, लामिताल, सुखिभार, भिम्ले, डुमरिया, बुढी राप्तीलगायत क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम गरिने उनले जानकारी दिए। उनले भने, 'वन्यजन्तुलाई चरन क्षेत्र व्यवस्थापनका लागि हरेक वर्ष घाँसेमैदान व्यवस्थापनका काम हुँदै आएको छ।'

घाँसेमैदान व्यवस्थापनका लागि घाँस काट्ने उपकरणसँगै मजदुर लगाएर मैदान व्यवस्थापन थालिएको निकुञ्जका सूचना अधिकारी मगरले जानकारी दिए। अहिले कसरा क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम भइरहेको भन्दै हालसम्म ६० हेक्टर क्षेत्रफलमा व्यवस्थापनको काम सकिएको उनले जानकारी दिए।

निकुञ्ज नौसय ५२ दशमलव ६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। जसमध्ये आठ हजार नौ सय ५५ दशमलव दुई हेक्टर क्षेत्रफल घाँसेमैदानका लागि उपयुक्त मानिन्छ। गत वर्ष ४० लाख ७० हजार रूपैयाँ खर्च गरेर तीनसय ७० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापनको काम गरिएको थियो।

Laxmi sunrise bank
kumari

कोभिडअघिसम्म घाँसेमैदान व्यवस्थापनमा धेरै बजेट विनियोजन हुने गरेको भए पनि अहिले निकै न्यून बजेटमा काम हुने गरेको थापामगरले बताए। रासस

प्रकाशित: Jan 09, 2025| 21:01 बिहीबार, पुस २५, २०८१
प्रतिक्रिया दिनुहोस्