बिहीबार, जेठ २१, २०८३

सिस्नेरीका अवैध घरटहरामा गाउँपालिकाको डोजर

 |  बिहीबार, पुस २५, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २५, २०८१

बागमती- मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाले सार्वजनिक जग्गामा बनेका संरचना हटाउने भएको छ। स्थानीयद्वारा सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरालगायतका संरचना निर्माण गर्ने प्रवृति बढ्दै गएको जनाउँदै गाउँपालिकाले यसलाई निरुत्साहित गर्न संरचना हटाउन लागेको हो।

National life

'आफ्नो स्वामित्वको जग्गा बिक्री गरेर सार्वजनिक जग्गा अतिक्रमण गर्ने र त्यो जग्गामा घर टहरा बनाउने प्रवृति स्थानीयमा बढ्दै गएको छ', गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले भने, 'त्यही भएर त्यसविरुद्ध गाउँपालिकाले अभियान चलाउने तयारी गरेको छ।'

कार्यपालिकाको बैठकले अभियानकोस्वरुप बारे निर्णय लिने उनको भनाइ छ। गत असोज ११ र १२ गतेको बाढीपहिरोले सार्वजनिक जग्गामा निर्माण भएका संरचना बनाएको थियो। अहिले ती स्थानमा स्थानीयले पुनः घर टहरा लगायतका संरचना बनाउन थालेपछि गाउँपालिकाले त्यसलाई निरुत्साहित गर्ने नीति लिएको छ।

गाउँपालिकाको फाखेल, सिस्नेरीलगायतका स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढेको छ। केही दिनअघि गाउँपालिका कार्यालयले सूचना जारी गरी सार्वजनिक जग्गा अतिक्रमण नगर्न र त्यस्ता स्थानमा घर टहरालगायतका संरचना निर्माण नगर्न आग्रह गरेको थियो।

सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिए कानूनबमोजिम कारबाहीसमेत अघि बढाइने सूचनामा उल्लेख छ। रासस

Shivam cement

प्रकाशित: Jan 09, 2025| 17:01 बिहीबार, पुस २५, २०८१
प्रतिक्रिया दिनुहोस्