बिहीबार, जेठ २१, २०८३

झोलुंगे पुल बनेपछि इलामको कृषि उपज झापा झार्न सहज

 |  बिहीबार, पुस २५, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २५, २०८१

झापा- बुद्धशान्ति गाउँपालिका-६ टिमाई नदीमा ‘कोलुबुङ रमिते गौडा झोलुंगे पुल’ बनेको छ। बुद्धशान्ति वडा नं ६ र ७ लाई जोड्ने उक्त पुल ४ सय ७७ मिटर लामो छ। संघीय सरकारको पाँच करोड ९८ लाख सातसय ६१ रूपैयाँको लागतमा बनेको सो पुल कोशी प्रदेशमा निर्मित सबैभन्दा पुलहरु मध्ये सबैभन्दा लामो रहेको बताइएको छ।

National life

पाँच महिनामै निर्माण सम्पन्न भएको उक्त पुलको शिलान्यास नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश महामन्त्री शर्माले विसं २०८१ असार २४ मा गरेका थिए। उनले पुलको आज यहाँ शुभारम्भ गर्दै बुद्धशान्तिको वडा नं ६ र ७ का बासिन्दा मात्र नभएर इलामको कृषि उत्पादन झापामा ल्याएर बिक्री गर्न समेत पुलको निर्माणले सहज भएको बताए।

सो अवसरमा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले पुल रहेको स्थान आकर्षक भौगोलिक बनावटका कारण रमणीय भएकाले नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको जनाउँदै दैनिक पाँच सयभन्दा बढी पर्यटक आउन थालेको बताए।

पुलमा घुइँचो बढेपछि पालिकाले नगरप्रहरी परिचालन गरेर पुलमा ओहोरदोहोर गर्ने यात्रुको व्यवस्थान गरिरहेको छ। उक्त पुलको भारवहन क्षमता ९० मेट्रिकटन र एकपटकमा ६ सय ४७ जना पदयात्रीको भार पुलले थेग्ने क्षमता रहेको जनाइएको छ।

पुलको रहेको सथन वरपर धारागोला भ्यूटावर, जरेबर, ठुटेबर, गौडालगायतका पर्यटकीय स्थल रहेका कारण पुलमा आउने पर्यटक बढेको हो। रासस

Shivam cement

प्रकाशित: Jan 09, 2025| 20:01 बिहीबार, पुस २५, २०८१
प्रतिक्रिया दिनुहोस्