शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रविसहितका अभियुक्तलाई सामान्य तारेख, धरौटी वा पुर्पक्ष ? आदेश आउँदै

रविसहितका अभियुक्तलाई सामान्य तारेख, धरौटी वा पुर्पक्ष ? आदेश आउँदै

 |  बिहीबार, पुस २५, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २५, २०८१

काठमाडौं- पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको थुनछेक बहस कास्की जिल्ला अदालतमा सकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि जोडिएकाले यो मुद्दामा धेरैको चासो छ।

National life

जिल्ला सरकारी वकिलको कार्यालयले रवि लामिछाने लगायतका अभियुक्तविरुद्ध ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाएको छ।

मुद्दाको थुनछेक बहस न्यायाधीश नीतिज राईको इजलासमा परेको छ। रविसहितका अभियुक्तलाई सामान्य तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने विषयमा आजै आदेश आउने सम्भावना छ।

रवि लामिछानेलाई अदालतले साधारण तारेख वा धरौटीमा छाड्ने आदेश भए पनि उनी आजै हिरासतमुक्त हुने सम्भावना भने छैन। किनभने रविविरुद्ध अन्य चार ठाउँमा सहकारी ठगीकै मुद्दामा पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं जिल्ला अदालतमा त मुद्दा पनि दर्ता भइसकेको छ।

सहकारीको रकम अपचलन मुद्दामा लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतको थुनछेक बहस भएको हो।

Laxmi sunrise bank
kumari

सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध गएको ७ पुसमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो। लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा छ।

प्रकाशित: Jan 09, 2025| 16:33 बिहीबार, पुस २५, २०८१
प्रतिक्रिया दिनुहोस्