शनिबार, पुस ५, २०८२

मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

 |  बिहीबार, पुस २५, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २५, २०८१

भारतमा हिन्दू धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अन्य कैयौं घाइते भएका छन्।

National life

भारतीय मिडियाहरुका अनुसार भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा रहेको श्री वेंकटेश्वर स्वामी मन्दिरको दर्शनका लागि प्रवेशद्वारमा टोकन लिन ठूलो भीड जम्मा भएको समयमा एकाएक भागदौड मच्चिएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। प्रधानमन्त्रीको कार्यालयले सामाजिक सञ्जाल एक्समा जारी गरेको एक सन्देशमा भनिएको छ, ‘यस दुःखद् घडीमा ज्यान गुमाएका भक्तजनप्रति श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारका सदस्य र आफन्तजनप्रति समवेदना व्यक्त गर्दछु।’

भारतका प्रमुख धार्मिक चाडहरूमा भीडभाड व्यवस्थापन र सुरक्षाको कमीका कारण धार्मिक स्थलहरूमा घातक दुर्घटनाहरू हुने गरेका छन्। गत वर्ष जुलाईमा उत्तर प्रदेशमा हिन्दू धर्मावलम्बीको धार्मिक जमघटका क्रममा १२१ जनाको मृत्यु भएको थियो।

यसैगरी सन् २०१६ मा केरला राज्यको एक मन्दिरमा नयाँ वर्षको अवसरमा प्रतिबन्धित आतिशबाजी प्रदर्शनका कारण भएको विस्फोटमा परी ११२ जनाको मृत्यु भएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 09, 2025| 12:19 बिहीबार, पुस २५, २०८१
प्रतिक्रिया दिनुहोस्