बिहीबार, जेठ २१, २०८३

एमाले नेता अनिल पोखरेल ठगी आरोपमा पक्राउ

 |  बिहीबार, पुस २५, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २५, २०८१
National life
Shivam cement

नेकपा एमालेका नेता अनिल पोखरेल पक्राउ परेका छन्। मोरङको रंगेली नगरपालिका-२ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय पोखरेल आज विराटनगरबाट पक्राउ परेका हुन्।

उनले एमबीबीएस भर्ना गर्नका लागि ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ। मोरङ जिल्ला कमिटी सदस्य रहेका उनले एबीबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए।

ठगीको घटना सार्वजनिक भएपछि उनी प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिवबाट हटाइएका थिए। सहकारी ठगी आरोपमा फरार रहेकी ऋषिकेश पोखरेल पत्नी अन्जला कोइराला बुधबार अदालतमा हाजिर भएकी थिइन्। बुधबार नै उनी जिल्ला अदालत मोरङको आदेशपछि १० लाख धरौटी बुझाएर छुटेकी छन्।

प्रकाशित: Jan 09, 2025| 12:05 बिहीबार, पुस २५, २०८१
प्रतिक्रिया दिनुहोस्