बिहीबार, साउन २८, २०८३

सातौं तलाबाट खसेर अस्ट्रेलियामा नेपाली नर्सको मृत्यु

 |  बिहीबार, पुस २५, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २५, २०८१

अस्ट्रेलियामा एक जना नेपाली नर्सको मृत्यु भएको छ। अपार्टमेन्टको सातौं तलाबाट खसेर ३९ वर्षकी दीक्षा दाहालको मृत्यु भएको स्काइ न्युज अनलाइनमा प्रकाशित समाचारमा उल्लेख छ।

समाचारका अनुसार दीक्षा पश्चिम सिड्नीमा रहेको पारामट्टा अपार्टमेन्टको सातौं तलाबाट खसेकी थिइन्। घटना गएको बिहीबार राति १:४५ तिर भएको बताइएको छ। उनको घटनास्थलमै मृत्यु भएको थियो।

दीक्षाले केही अघिमात्रै नेपालमा आएर ४० वर्षका लबिन्द्र सुवेदीसँग बिहे गरेकी थिइन्। प्रहरीले लबिन्द्रका साथै अपार्टमेन्टका अन्य बासिन्दासँग सोधपुछ गरिरहेको छ।

प्रकाशित: Jan 09, 2025| 11:51 बिहीबार, पुस २५, २०८१
प्रतिक्रिया दिनुहोस्