बिहीबार, साउन १, २०८२

बिहानै ड्युटीमा खटिएका सहायक हवल्दारको मृत्यु

 |  बुधबार, पुस २४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस २४, २०८१

vianetvianet

डोटीको इलाका प्रहरी कार्यालय बीपी नगरमा कार्यरत प्रहरी सहायक हवल्दारको ड्युटीमा रहेकै अवस्थामा मृत्यु भएको छ।

डडेल्धुराको भागेश्वर गाउँपालिका- ५ घर भएका सहायक हवल्दार बहादुरसिंह पालीको एक्कासि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

उनी आज बिहान ३ देखि ६ बजेसम्म कार्यालयको ड्युटीमा थिए। ड्युटीमै भएको बेला एक्कासि बेहोस भएपछि उपचारको लागि तत्काल स्थानीय बीपीनगर पोलिक्लिनकमा पुर्‍याइएको थियो।

पोलिक्लिनिकमा सामान्य चेकजाँचपश्चात थप उपचारका लागि बिहान ४ बजे सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको थियो। अस्पतालमा ६ बजेर ४० मिनेटमा उनलाई डाक्टरले मृत घोषणा गरेका थिए।

प्रकाशित: Jan 08, 2025| 19:45 बुधबार, पुस २४, २०८१
प्रतिक्रिया दिनुहोस्