बिहीबार, साउन २८, २०८३

जसले बलात्कारी बाउलाई जिउँदै जलाएर मारिदिए

 |  बुधबार, पुस २४, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, पुस २४, २०८१

बलात्कारको बदला लिन आफ्नो बुबालाई आगो लगाई हत्या गरेको आरोपमा पाकिस्तानमा दुई किशोरी बहिनीलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ। 

पञ्जाबको गुजरानवाला शहरमा जनवरी १ मा बुबामाथि आक्रमण भएको थियो र उनलाई अस्पताल लगिएको थियो। अस्पतालमा मङ्गलबार उनको मृत्यु भयो। 

“ती केटीहरूले आफूहरूबीच ‘स्थायी समाधान’ खोज्ने निर्णय गरेको बताए”, सहरका वरिष्ठ प्रहरी अधिकारी रिजवान तारिकले भने, “त्यसपछि उनीहरूले मोटरसाइकलबाट पेट्रोल लिएर सुतिरहेका बुबालाई आगो लगाइदिए।”

सौतेनी दिदीबहिनी रहेका उनीहरूले बुबाले एक वर्षदेखि जेठी छोरीलाई बलात्कार गर्दै आएको र कान्छी छोरीलाई पनि दुईपटक बलात्कार गर्न खोजेको बताएका छन्।

उनीहरूका आमाहरू दुव्र्यवहारका बारेमा जान्दथे तर बदला लिने योजनाका बारेमा थाहा थिएन। उनीहरू दुवै ती पुरुषसँग विवाहित हुन्।

केटीहरूको पहिचान सुरक्षित राख्न एएफपीले ती व्यक्तिको नाम उल्लेख गरेको छैन। तीमध्ये एक अघिल्लो विवाहकी छोरी हुन्। पत्नीहरूमध्ये एकलाई पनि पक्राउ गरिएको छ भने दोस्रोसँग सोधपुछ भइरहेको छ।

“अनुसन्धान सकिने बित्तिकै केही दिनभित्रै उनीहरूलाई अदालत समक्ष पेश गर्ने अपेक्षा गरेका छौँ”, तारिकले भने।

प्रकाशित: Jan 08, 2025| 19:13 बुधबार, पुस २४, २०८१
प्रतिक्रिया दिनुहोस्