बिहीबार, साउन २८, २०८३

सल्यानमा दिदीबहिनी घरभित्र मृत फेला, घटना शंकास्पद

 |  बुधबार, पुस २४, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, पुस २४, २०८१

सल्यानमा दुई बालिका घरभित्र मृत फेला परेका छन्। उनीहरु दिदीबहिनी हुन्।

कुपिण्डे नगरपालिका–११ सिस्नेपातल भन्ने गाउँमा बुधबार बिहान ३ वर्ष र ६ महिनाका दुई दिदीबहिनी मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुको आज बिहान करिब ११ बजे मृत्यु भएको हो। उनीहरूसँगै आमा पनि घरमै थिइन् भने बुबा रोजगारीका लागि नुवाकोटमा रहेका बताइएको छ।

प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ। घटना शंकास्पद देखिएको भए पनि अन्य विवरण खुलिनसकेको छैन। 

प्रकाशित: Jan 08, 2025| 17:35 बुधबार, पुस २४, २०८१
प्रतिक्रिया दिनुहोस्