मंगलबार, चैत २४, २०८२

मेस्सी कोपा अमेरिका भन्दा अघिनै राष्ट्रिय टोलीमा फर्किदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- रसिया विश्वकपपछि अर्जेन्टिनी राष्ट्रिय टोलीबाट टोलीबाहिर रहँदै आएका लियोनल मेस्सी छिट्टै राष्ट्रिय टोलीमा फर्किने सम्भावना बढेको छ ।

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले मेस्सीलाई सकेसम्म चाँडो राष्ट्रिय टोलीमा फर्काउने योजना अनुसार भेनेज्वेलासँगको मैत्रिपूर्ण खेल  खेल्ने घोषणा गरेको बताएका छन् । 

उक्त खेल बार्सिलोनाको रंगशाला क्याम्प नोउमा हुने सम्भावना छ । खेलको मिति भने तय नभए पनि मार्च २२ वा २६ मध्ये कुनै एक मितिमा यो खेल हुनेछ सम्भावना रहेको बताएका छन् । 

यो खेल स्पेनमै खेलाउने योजना बनाएका हुन् । स्कालोनीले मेस्सीलाई बार्सिलोनास्थित घरेलु रंगशालामा अर्जेन्टिनी जर्सीमा उतार्ने योजना बनाएका छन् । र, उनले यसबारे मेस्सीसँग कुरा गरिरहेका छन् । यदि मेस्सी सहमत भए यो खेल स्पेनमै हुनेछ । 

यसअघि मेस्सीले कोपा अमेरिका फुटबलमा आफू राष्ट्रिय टोलीमा फर्किने बताइसकेका छन् । तर, स्कालोनीले राष्ट्रिय टोलीबाट ठूला खेलका लागि मेस्सीलाई मानसिक रूपमा तयार पार्न पनि भेनेज्वेलासँगको खेललाई सही समय ठानेका छन् । 

उनले मेस्सीलाई अर्जेन्टिनी १० नम्बर जर्सीमा फर्काउन उनकै घरेलु मैदान सही हुने ठानेर यस्तो योजना बनाएका हुन् । यदि भेनेज्वेला र अर्जेन्टिनाको खेल बार्सिलोनाको रंगशालामा गराउन मेस्सी र बार्सिलोना नमानेको खण्डमा मात्रै एथ्लेटिको मड्रिडको रंगशाला वान्डा मेट्रो पोलिसानोमा हुनेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।