बिहीबार, जेठ २१, २०८३

दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदी

 |  बुधबार, पुस २४, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, पुस २४, २०८१
National life
Shivam cement

दार्चुला- जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी राखिएका छन्। ‘घ’ श्रेणीको कारागारको २५ पुरुष र १५ महिला राख्ने क्षमता रहेकामा हाल ८५ जनालाई राखिएको जनाइएको छ। यसबाट कैदीबन्दीले पाउनुपर्ने आधारभूत सुविधा उपलब्ध गराउन समस्या देखिएको कारागार प्रशासनले जनाएको छ।

जिल्ला कारागारका जेलर केशवराज अवस्थीका अनुसार  विसं २०४२ मा बनेको  कारागारमा ५४ कैदी तथा ३१ थुनुवा छन्। जबरजस्ती करणीको अभियोग लागेका एक जना विदेशी कारागारमा रहेका छन्।

उनले भने, ‘थुनुवाको सङ्ख्या बढ्दा व्यवस्थापन जटिल बनेको छ। ढिलो मुद्दाको फैसलाका कारण थुनुवा बढेका छन्।’ जिल्ला बाहिरबाट समेत कैदी बन्दी ठाउँ सारी गरेर ल्याइएको छ।

प्रकाशित: Jan 08, 2025| 16:31 बुधबार, पुस २४, २०८१
प्रतिक्रिया दिनुहोस्