शनिबार, पुस ५, २०८२

मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक

 |  बुधबार, पुस २४, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, पुस २४, २०८१

गोरखा- उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन्। मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार ६ सय पाँचजना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का संरक्षण अधिकृत एवं सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिए।

National life

अघिल्लो वर्ष सन् २०२३ को तुलनामा गएको वर्ष एक हजार चारसय २८ जना बढी विदेशी पर्यटक मनास्लु क्षेत्रको भ्रमणमा पुगेको उनले बताए। 'अघिल्लो वर्ष नौ हजार एकसय ७७  विदेशी पर्यटक मनास्लु क्षेत्र घुम्न पुगेका थिए,' उनले भने, 'गत वर्ष अहिलेसम्मकै सबैभन्दा विदेशी पर्यटकले मनास्लुको भ्रमण गरेका छन्।'

मनास्लु क्षेत्र घुम्न पुग्ने पर्यटकमा दक्षिण एसियाली क्षेत्रीय सहयाग संगठन (सार्क) राष्ट्रका भन्दा तेस्रो मुलुकका विदेशी पर्यटकको सङ्ख्या बढी रहेको उनको भनाइ छ। सन् २०२४ मा सबैभन्दा धेरै फ्रान्सबाट एक हजार तीनसय ३५ जना विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको पाइएको छ।

'गत वर्ष मनास्लु भ्रमण गर्ने विदेश पर्यटकमध्ये एक हजार एकसय ८१ जना जर्मनी नागरिक, सातसय ९६ जना अमेरिकी नागरिक रहेको कार्यालयको तथ्यांक छ, सार्क राष्ट्रमध्ये भारतबाट सबैभन्दा धेरै एकसय ५९ जना पर्यटकले मनास्लु पदयात्रा गरेका छन्', अधिकृत ओझाले भने।

त्यस्तै नेदरल्याण्ड्स, जर्मनी, बेलायत, अष्ट्रेलिया, स्पेन, चीनलगायत देशबाट विदेशी पर्यटक मनास्लु क्षेत्र घुम्न पुग्ने गरेको उनको भनाइ छ। मनास्लु पदमार्गमा घुम्न जाने पर्यटकले नुब्री भ्यालीतर्फ कुल्छुमन (काल) ताल, विश्वको आठौँ अग्लो मनस्लु हिमाल, वीरेन्द्र तालको अवलोकन गर्दै लार्केपास गरेर मनाङ पुग्न सक्ने छन्।

Laxmi sunrise bank
kumari

त्यस्तै चुमभ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित श्रृगी हिमाल, राजेन गुम्बालगायत गुम्बाको अवलोकन गर्न पाउनेछन्। मनास्लु क्षेत्रमा प्राकृतिक सौन्दर्यतासँगै पर्यटकले हिमचिुतवा, नाउर, घोरल, डाँफे, मुनाल, चौँरी सामिप्यतामा समेत रमाउने अवसर पाउने गर्दछन्। रासस

प्रकाशित: Jan 08, 2025| 19:01 बुधबार, पुस २४, २०८१
प्रतिक्रिया दिनुहोस्