शनिबार, पुस ५, २०८२

तिब्बत भूकम्पमा मृत्यु हुनेको संख्या १२६ पुग्यो

 |  बुधबार, पुस २४, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, पुस २४, २०८१

बेइजिङ- चीनको दुर्गम तिब्बत क्षेत्रमा मङ्गलबार आएको विनाशकारी भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको र हजारौँ भवन क्षतिग्रस्त भएको राज्य मिडियाले जनाएको छ।

National life

छिमेकी नेपालको राजधानी काठमाडौँ र भारतका केही भागमा पनि कम्पन महसुस गरिएको छ। चीनको सरकारी प्रसारणकर्ता सिसिटिभीले सार्वजनिक गरेको भिडियोमा भित्ताहरू चिरा परेपछि घरहरू ध्वस्त भएको देखाइएको छ।

फुटेजमा देखाइए अनुसार उद्धारकर्मीहरू भग्नावशेष बीच हिँडेका थिए भने केहीले स्थानीयवासीहरूलाई शून्य डिग्री भन्दा कम तापक्रममा न्यानो राख्न बाक्लो कम्बल दिएका थिए।

भूकम्प मङ्गलबार बिहान करिब ९:०० बजे (०१०० जिएमटी) नेपालसँगको सीमा नजिक सर्वोच्च शिखर सगरमाथाको करिब ८० किलोमिटर (५० माइल) उत्तरमा रहेको ग्रामीण र उच्च उचाइको तिङरी काउन्टीमा गएको थियो।

सिसिटिभीका अनुसार स्थानीय समयानुसार साँझसम्म कम्तीमा १२६ जनाको मृत्यु पुष्टि भएको र अन्य १८८ जना घाइते भएका छन्।

Laxmi sunrise bank
kumari

गम्भीर अवस्थामा रहेका २८ जनालाई उपचारका लागि अस्पताल लगिएको बताइएको छ।   -एएफपी

प्रकाशित: Jan 08, 2025| 08:46 बुधबार, पुस २४, २०८१
प्रतिक्रिया दिनुहोस्