आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • जनकपुर शाखा प्रबन्धक पक्राउसम्बन्धी समाचार भ्रामक: सिद्धार्थ बैंक

जनकपुर शाखा प्रबन्धक पक्राउसम्बन्धी समाचार भ्रामक: सिद्धार्थ बैंक

 |  मंगलबार, पुस २३, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २३, २०८१

सिद्धार्थ बैंकले जनकपुर शाखा प्रबन्धक अर्णबहादुर बलम्पाकी पक्राउ र कर्जा असुलीमा अनियमितताको आरोपसम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। भ्रामक समाचारले ग्राहक, सरोकारवाला र सर्वसाधारणमा गलत सन्देश प्रवाह गर्न खोजेको बैंकको दाबी छ ।​

National life

बैंकका अनुसार, जनकपुर र क्षीरेश्वर शाखाबाट कर्जा लिएका केही ऋणीले लामो समयसम्म सावाँ-ब्याज तिर्न नसकेपछि कानूनी प्रक्रिया शुरू गरिएको थियो।

बैंकले लिखित र मौखिक रूपमा सम्झाउँदै ३५ दिने सार्वजनिक सूचना समेत जारी गरेको थियो । त्यसपछि, कर्जा असुलीका लागि धितो लिलामी गरी विधि अनुसार स्वीकृत बोलपत्रदाताको नाममा नामसारी गरिएको थियो।

धितो लिलामी प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै ऋणी पक्षले २०८१ पुस ११, १२ र १४ गते बैंकको कार्यालय अगाडि धर्ना र नाराबाजी गरेका थिए। यसले बैंक सञ्चालनमा बाधा पुर्‍याएको बैंकले जनाएको छ।

बैंकका शाखा प्रबन्धक र कर्मचारी वार्ताका लागि जिल्ला प्रहरी कार्यालय पुगेको अवस्थामा केही व्यक्तिले भिडियो खिचेर 'प्रबन्धक पक्राउ' भनी भ्रामक समाचार फैलाएको बैंकले स्पष्ट पारेको छ।

Shivam cement

बैंकले कानूनी प्रक्रियामा विश्वास गर्न आग्रह गर्दै लिलामीप्रति चित्त नबुझे कानूनी निकायमा जाने सुझाव दिएको छ। बैंकले सेवा अवरुद्ध हुने गतिविधि नगर्न र शान्त वातावरण निर्माण गर्न सबैमा अपिल गरेको छ ।

प्रकाशित: Jan 07, 2025| 13:53 मंगलबार, पुस २३, २०८१
प्रतिक्रिया दिनुहोस्