एजेन्सी-इंग्लिस प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । शनिबार भएको भएको खेलमा फोरेष्टलाई २-० ले पराजित गर्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको हो ।
चेल्सीको जितका लागि अल्भारो मोराटा नायक बने । उनले चेल्सीको जितका लागि दुबै गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा खेलेको चेल्सीका लागि दुबै गोल मोराटाले दोस्रो हाफमा गरेका थिए ।
दोस्रौ हाफ सुरु भएको ४ मिनेटमा नै गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले खेलको ४९ औं मिनेटमा गोल गरेका हुन् । त्यसको १० मिनेट नबित्दै मोराटाले व्यक्तीगत दोस्रो गोल गरे ।
उनले ५९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई २-० ले जित दिलाए । एफए कप अन्तर्गत नै भएको अर्को खेलमा एभर्टनले लिनकोन सिटिलाई २-१ गोल अन्तरले पराजित गर्दै चौथो चरणमा स्थान बनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४