बुधबार, पुस २४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

भूकम्पबाट सचेत रहन प्रधानमन्त्रीको आग्रह

 |  मंगलबार, पुस २३, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २३, २०८१

ntc landingntc landing

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सचेत रहनका लागि सबैलाई आग्रह गरेका छन्।

himalayan bank box

हिजोआज विभिन्न भागमा साना-ठूला भूकम्पका धक्का आइरहेको उल्लेख गर्दै यसबाट सबै सतर्क र सुरक्षित रहन आग्रह गरेका हुन्।

‘शुभ बिहानी! हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन्। सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला,’ मंगलबार बिहान समाजिक सञ्जालमा प्रधानमन्त्री ओली लेख्छन्।

आज बिहान ६ बजेर ५१ मिनेटमा ७ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार नेपाल र चीनको सीमानाको दिंगे क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको हो।

काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङलगायतका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको थियो।

प्रकाशित: Jan 07, 2025| 08:44 मंगलबार, पुस २३, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्