बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वाइडबडी घोटालाबारे प्रधानमन्‍त्रीले संसदमा मुख खोल्ने

वाइडबडी घोटालाबारे प्रधानमन्‍त्रीले संसदमा मुख खोल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपीशर्मा ओलीले वाइडबडीमा भएको घोटला बारे मुख खोल्ने भएका छन् ।

संसदीय छानविन उपसमितिले वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ घोटाला भएको प्रतिवेदन सार्वजनिक गरेपछि प्रधानमन्त्रीले यस विषयमा संसद्मा बोल्न लागेका हुन् । उपसमितिले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित पूर्व दुई मन्त्री तीन सचिव र नेपाल आयल निगमका महाप्रवन्धक सुगतरत्न कंसारकारलाई मुख्य दोषी भएको ठहर गरेको छ । 

सरकारले संसदीय छानविन उपसमितिले प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्टै न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । दोषी चोख्याउँन सरकारले नयाँ छानविन समिति बनाएको भन्दै आलोचना भएको छ । यो विषयमा प्रधानमन्त्री ओलीले आज संसदमा बोल्ने भएका हुन् । 

दिउँसो एक बजे बस्ने प्रतिनिधिसभाको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ । सम्बोधनका क्रममा वाइडबडीसँगै समसामयिक राजनीति र सरकारका पछिल्ला कार्यप्रगतिबारे बोल्ने बताइएको छ। 

संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध उठाएका सवालको पनि जवाफ दिने कार्यक्रक छ। पछिल्लो समय सरकारको कार्यशैलीप्रति सत्तारुढ दलकै असन्तुष्टि रहँदै आएको छ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।