काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार उच्च अंकले बढेर बन्द भएको छ। आज नेप्से ४९.१२ अंकले बढेर २ हजार ६ सय ४० दशमलव ६८ विन्दुमा पुगेको हो।
नेप्सेका अनुसार आज ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ। आजको कारोबारमा २२६ कम्पनीको सेयर मूल्य बढ्दा १२ वटाको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ। दुई कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन्।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६ हजार ७३२ रुपैयाँ पुगेको छ भने सुपर मादी हाइड्रोपावरको ९.७० प्रतिशतले बढेको छ।
उपकार लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ। आज एनआरएन इन्फाइन्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ।