हुम्ला- हुम्लाको चङ्खिली गाउँपालिका २ लिलीलेखला भएको आगलागीबाट १३ घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आगलागीबाट मानविय क्षति भने भएको छैन ।
‘हिजो साँझ करिव ४ बजेतिर आगलागीको जानकारी आएको हो’ जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख रविन श्रेष्ठले भने ‘उद्धारका लागि प्रहरी घटनास्थल पुगेको छ तर क्षतिका एकिन विवरण भने आइपुगेको छैन ।’
घटनास्थलमा टेलिफोनले काम नगरेका कारण १३ घर जलेको तर क्षतिको सम्पूर्ण जानकारी आइ नपुगेको प्रहरीको भनाई छ । घटनास्थल सदरमुकामबाट करिव ९ घण्टा लाग्छ । घटनास्थलबाट प्रहरी सदरमुकाम आएपछि मात्रै क्षतिको विवरण खुल्ने प्रहरीले जानकारी दिएको छ ।
गतमा माघ १३ मा हुम्लाको रोडिमा आगलागी हुँदा ११ घर जलेको थिए । त्यसको एक हप्तापछि हुम्लाकै घटमानामा २८ घर जल्न पुगे । यसरी पछिल्लो समय कर्णालीका जिल्लामा श्रीखंलाबद्ध रुपमा आगलागीको घटना हुँदै आएका छन् ।
यही पुस ९ गतेमात्रै कालिकोटको न्यौपाने बाडामा लागलागीबाट बस्तीनै सखाप भएको थियो । खरले छाएका घरहरु र उद्धारमा ढिलाइका कारण आगलागीबाट कर्णालीले ठूलो क्षति व्यहोर्दै आएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४