सर्लाही- राष्ट्रिय स्वतन्त्र पार्टी बरहथवा नगर समिति गठन गरिएको छ। सर्लाही क्षेत्र न. ३ का सभापति अग्नि भट्टराईको संयोजकत्वमा शनिबार १२ सदस्यीय समिति गठन गरिएको हो।
समितिको सभापतिमा श्यामबाबु साह, उपाध्यक्षमा शिवकुमारी सापकोटा, सचिवमा रामअयोध्या कुशवाहा र कोषाध्यक्षमा विशाल गिरी चयन भएका छन्।
समितिका सदस्यहरूमा रंजित घले, मोहन राय, रामकृष्ण सिंह, तेतरी देवी दास, विकास चापागाईं, सुवास अधिकारी, भेदनाथ अधिकारी र नवदीप दास चयन भएका छन्।