बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यामाहाको इटहरीमा क्षेत्रीय रिजनल सेल्स स्किल्स प्रतियोगिता

यामाहाको इटहरीमा क्षेत्रीय रिजनल सेल्स स्किल्स प्रतियोगिता

 |  आइतबार, पुस २१, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस २१, २०८१

काठमाडौं- यामाहा नेपालले इटहरीमा आफ्नो रिजनल सेल्स स्किल्स कन्टेस्ट आयोजना गरेको छ। बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टताको उत्सव मनाउने क्रममा इटहरीमा आयोजित प्रतिष्पर्धामा यामाहाका विभिन्न डिलरसिबाट ११ जना शीर्ष प्रदर्शन गर्ने बिक्री परामर्शदाताको सहभागिता रहेको थियो।

National life

प्रतियोगिताका लागि योग्य हुन सहभागीले अटो बेसिक, प्रोडक्ट, कम्पिटिसन र सलेस प्रोसेस प्रशिक्षण र त्यसपछि यी क्षेत्रहरूमा उनीहरूको दक्षता मूल्याङ्कन गर्ने प्रतिस्पर्धात्मक परीक्षण पूरा गरेका थिए। सबैभन्दा कुशल प्रतिनिधिहरूले मात्र भाग लिने सुनिश्चितताका लागि प्रत्येक डिलरसिपबाट उच्चतम स्कोर गर्ने बिक्री सल्लाहकारले मात्र प्रतियोगितामा स्थान पाएका थिए।

प्रतियोगितामा शीर्ष तीन प्रदर्शन गर्नेमध्ये चुडामणि आचार्य, बी एन्ड बी अटो ट्रेडर्स विराटचोक विजेता बने भने पहिलो रनरअप कृतिका घिमिर, जेनिसा अटोमोबाइल्स ट्रेडर्स फत्तेपुर र दोस्रो रनरअपमा मीरा सापकोटा पाथीभरा अटोप्यालेस इलाम भइन्।

प्रतियोगितामा मेची कोशीका यामाहा डिलरसिपको उत्साहजनक सहभागिता रहेको थियो। सबै प्रतियोगीले आफ्नो ज्ञान र सीप प्रदर्शन गर्दै शीर्ष उपाधिका लागि प्रयास गरेका थिए। सहभागीहरू मध्ये बिजेता, पहिलो रनरअप, दोस्रो रनर(अपहरूले अब नेसनल सेल्स स्किल्स कन्टेस्टमा प्रतिस्पर्धा गर्न पाउनेछन्।

यामाहा नेपालका क्षेत्रीय बिक्री प्रबन्धक रविन श्रेष्ठले विजेता, पहिलो रनर(अपर दोस्रो रनर(अपलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए।

Shivam cement

प्रकाशित: Jan 05, 2025| 15:10 आइतबार, पुस २१, २०८१
प्रतिक्रिया दिनुहोस्