बिहीबार, जेठ २१, २०८३

दाउन्ने एग्रोले १० करोडको आईपीओ जारी गर्ने

 |  आइतबार, पुस २१, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस २१, २०८१

काठमाडौं- दाउन्ने एग्रो फार्मले १० करोडको सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ। फार्म स्थापनापछिको सातौँ र पब्लिक कम्पनीमा प्रवेशपछिको पहिलो वार्षिक साधारणसभाले १० करोडको आईपिओ जारी गर्ने निर्णय गरेको हो।

National life

नवलपरासी सुस्ता–त्रिवेणी पूर्व विनयीत्रिवेणी गाउँपालिका–३ को सर्दीमा करिब ११ बिघा जग्गामा फैलिएको ‘एग्रो फार्म’मा कम्पनीको अहिले चार लाख कुखुरा रहेका छन्। कम्पनीले निकट भविष्यमै छ लाख कुखुरा पु¥याउने लक्ष्य लिएको अध्यक्ष रघुनाथ भट्टले जानकारी दिए।

कुखुरापालन क्षेत्रमा आईपीओ जारी गर्ने ‘एग्रो फार्म’ पहिलो भएको कम्पनीले दाबी गरेको छ। कम्पनीको साधारणसभाले रघुनाथ भट्टको अध्यक्षतामा सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ।

समितिका सञ्चालक सदस्यहरुमा विनोद पोखरेल, विपिन पोखरेल, हेमराज बडाल र हिमालय पौडेल रहेको प्रबन्ध सञ्चालक विनोद पोखरेलले जानकारी दिए।

२०७४ मा स्थापना भएको कम्पनीमा सुरुआतमा एक लाख कुखुरापालन गरिएको थियो। कम्पनीका प्रबन्ध सञ्चालक पोखरेलका अनुसार फार्ममा हाल दैनिक तीन लाख ५० हजारभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ।

Shivam cement

उत्पादित अण्डामध्ये केहीलाई ‘दाउन्ने ह्याप्पी एग’को ब्रान्डमा ब्रान्डिङ गरी १५ वटा र ३० वटाका दरले क्रेट बनाएर बजारमा पठाउने गरिएको प्रबन्ध सञ्चालक पोखरेलले जानकारी दिए। यहाँ उत्पादित अण्डा देशका प्रमुख सहरसँगै ग्रामीण क्षेत्रमा समेत पठाइने गरिएको छ।

 

प्रकाशित: Jan 05, 2025| 15:09 आइतबार, पुस २१, २०८१
प्रतिक्रिया दिनुहोस्