मंगलबार, असार २४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • लक्ष्मी सनराइज बैंकको अगुवाइमा अप्पर मर्स्याङ्दी हाइड्रोपावरसँग लगानी सम्झौता

लक्ष्मी सनराइज बैंकको अगुवाइमा अप्पर मर्स्याङ्दी हाइड्रोपावरसँग लगानी सम्झौता

 |  आइतबार, पुस २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस २१, २०८१

vianetvianet

काठमाडौं- लक्ष्मी सनराइज बैंकको अगुवाईमा सहवित्तियकरणमा सहभागी बैंक र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनीबीच लमजुङको मर्स्याङ्दी नदीमा निमार्ण गर्ने १०२ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी–१ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको छ।

आयोजनाको कूल लागत २१ अर्ब ४० करोड रुपैयाँ रहेको छ। यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने छ।

अपर मर्स्याङ्दी हाइड्रोपावर–१ ले २०७५ पुस १० गते विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिएको थियो। यसका साथै ०८१ पुस ९ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ। कम्पनीको प्रवर्द्धकका रुपमा के.सी. ग्रुप र क्याल ग्रुप रहेका छन्।

परियोजना निमार्णका लागि लक्ष्मी सनराइज बैंकको नेतृत्त्वमा सहवित्तीयकरणमा सहभागी बैंकले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन्।

बाँकी २५.२३ प्रतिशत रकम कम्पनीका प्रवर्द्धक र संस्थापकको लगानी रहनेछ। लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ७ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकमध्ये ग्लोबल आईएमई बैंकको ६ अर्ब तथा प्रभु बैंकको ३ अर्ब गरी कूल १६ अर्ब रहेको छ।

आयोजना २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिब ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुने भएको छ। यो ठूला स्वतन्त्र उर्जा उत्पादकमध्ये एकका रुपमा रहने विश्वास लिइएको छ।   

 

प्रकाशित: Jan 05, 2025| 15:07 आइतबार, पुस २१, २०८१
प्रतिक्रिया दिनुहोस्