बुधबार, वैशाख १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल लाइफले सार्वजनिक गर्‍यो 'नेपाल लाइफ रक्षाकवच म्यादी जीवन बीमा योजना'

नेपाल लाइफले सार्वजनिक गर्‍यो 'नेपाल लाइफ रक्षाकवच म्यादी जीवन बीमा योजना'

 |  आइतबार, पुस २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस २१, २०८१

vianetvianet

काठमाडौं- जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले 'नेपाल लाइफ रक्षाकवच जीवन बीमा योजना' सार्वजनिक गरेको छ ।

triton college

न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ यही १८ पुसमा काठमाडौंमा एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त बीमा योजना सार्वजनिक गरेका हुन् ।

एक निश्चित अवधिका लागि सुरक्षा प्रदान गरी दुर्भाग्यपूर्ण घटनाको अवस्थामा आफ्नो परिवारका लागि आर्थिक सुरक्षा, सुनिश्चिता प्रदान गर्ने नेपाल लाइफ रक्षाकवच जीवन बीमा योजना (मुनाफामा सरिक नहुने) म्यादी जीवन बीमा हो । यसको न्यूनतम बीमाङ्क रकम ५ लाख रुपैयाँ र अधिकतम बीमाङ्क रकम १ करोड रुपैयाँ रहेको छ ।

कम्पनीका अनुसार यस बीमा योजनामा सरिक हुन बीमितको उमेर न्यूनतम  १८ वर्ष र  अधिकतम ५९ वर्ष हुनुपर्नेछ । बीमा अवधि न्यूनतम १ वर्षदेखि अधिकतम ३५ वर्षसम्म हुनेछ भने बीमा समाप्तिमा बीमितको अधिकतम उमेर ६० वर्ष रहेको छ । यस योजनामा ऐच्छिक सुविधा (एडीबी, एडीबी/पीटीबी/पीडब्लूबी) पनि न्यूनतम ५ वर्षदेखि अधिकतम ३५ वर्ष अवधिसम्म लिन सकिनेछ । यस योजनाअन्तर्गत बीमा अवधिभित्र जुनसुकै समयमा बीमितकोे मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी गरिनेछ र बीमालेख स्वत: अन्त्य हुनेछ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो योजना सार्वजनिक गर्न पाउँदा खुसीको आभास भएको बताए । उनले भने, 'सामान्य सिद्धान्तअनुसार आम्दानीको १५ गुणासम्मको बीमा लिनु नितान्त आवश्यक छ । जोखिमवहनलाई मुख्य प्राथमिकतामा राख्दै यो म्यादी जीवन बीमा योजना सार्वजनिक गरिएको हो । यो पोलिसीलाई मूल पोलिसीमा गाभेर बीमितलाई दिन सकिए सानो रकममा ठूलो जोखिम वहन हुन्छ ।'

National life insurance

सीईओ पराजुलीले सम्पूर्ण अभिकर्तालाई सहजताका साथ यसलाई बजारीकरण गर्न आग्रह पनि गरे । कोर प्रोडक्टसँगै गाभेर बजारमा पस्किएको यो योजना एकदमै प्रभावकारी र उत्तम रहेको र नेपाली बीमा उद्योगमा यो योजना कोसेढुङ्गा साबित हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

त्यस्तै, कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले थोरै बीमाशुल्कमा धेरै जोखिम वहन हुने बताए । उनले भने, 'यस बीमा योजना छुट्टै बीमालेखको रूपमा पनि लिनुका साथसाथै अन्य छवटा योजनामा पूरक करार सुविधाको रूपमा पनि लिन सकिने हुँदा यसको फाइदा उठाउन सबैमा आग्रह गर्दछु ।'

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले यो योजना उकृष्ट रहेको र यसले बीमाको दायरा बढाई हरेक आयस्रोत भएका वर्गमा बीमाको पहुँच पुर्‍याउन सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरूलाई दत्त चित्त भई लाग्न अनुरोध गरे । साथै, नेपाल लाइफ जीवन बीमा क्षेत्रको एक अग्रणी संस्था भएकाले आर्थिक जोखिमलाई कम बीमाशुल्कमा बीमितलाई आवश्यक पूर्ण सुरक्षा प्रदान गर्न यो योजना ल्याइएको उनको भनाइ थियो । यस किसिमको योजनाले बीमालेखको विविधीकरण गर्दै संस्थालाई स्थायित्व प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, तालिम विभाग प्रमुख रोजेश बस्नेतले यो योजनाका मुख्य विशेषता र यसका फाइदाका विषयहरूमा स्पष्ट पारे । साथै, उनले नेपाल लाइफ सुरक्षाकवच मात्र लिँदा कुनकुन पूरक करार जोड्न मिल्छ भन्ने उदाहरणसहित प्रस्तुतीकरण दिएका थिए । साथै, यो योजना अन्य बचतसहितको सावधिक र आजीवन जीवन बीमा योजनामा जोडेर लिँदा के–कस्ता सुविधा थप प्राप्त हुन्छ भन्ने पनि उदाहरणसहित प्रस्ट पारेका थिए ।

प्रकाशित: Jan 05, 2025| 15:07 आइतबार, पुस २१, २०८१
प्रतिक्रिया दिनुहोस्