मंगलबार, असार २४, २०८२

गार्डियन माइक्रोलाइफको आईपीओ आजदेखि

 |  आइतबार, पुस २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस २१, २०८१

vianetvianet

काठमाडौं- गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन खुलेको छ।

कम्पनीले कुल २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। यसमध्ये वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी, सामूहिक लगनी कोषलाई छुट्याएर बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो।

अंकित मूल्य १ सयका दरले आवेदन दिन सकिनेछ। न्यूनतम १० कित्ता तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ। मेरो सेयरमार्फत आज १० बजेपछि आवेदन दिन सक्नेछन्। पुस २४ गतेसम्म यसमा आवेदन दिन सकिनेछ।

 

प्रकाशित: Jan 05, 2025| 11:58 आइतबार, पुस २१, २०८१
प्रतिक्रिया दिनुहोस्