बुधबार, साउन १३, २०८३

फोरम र कम्युनिष्ट पार्टीबीच एकिकरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- सङ्घीय समाजवादी फोरम नेपाल र ‘हाम्रो कम्युनिष्ट पार्टी नेपाल’बीच एकिकरण भएकाे छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि फोरम र हाम्रो कम्युनिष्ट पार्टीबीच एकिकरण भएको हो । 

कार्यक्रममा उपप्रधान तथा स्वास्थ्यमन्त्री तथा फोरमका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई समृद्धि बनाउन साना पार्टीसँग एकता गरेर पार्टीलाई बलियो बनाउन थालिएको बताए  । उनले पार्टी मजबुद भए मात्र मुलुकको विकास हुने भएकाले विचार मिल्ने पार्टीसँग एकता गरिएको बताए । 

कार्यक्रममा फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सङ्घीय शासन प्रणालीलाई संस्थागत गर्नका लागि पार्टी एकताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले समाजवादी, लोकतान्त्रिक र प्रगतिशील शक्तिबीच एकता गर्दै लैजाने भन्दै नयाँ ढङ्गको पार्टी बनाउनका लागि सिद्धान्त, सङ्गठन र कार्यशैली मिल्ने पार्टीसँग एकता गरिएको बताए ।  

कार्यक्रममा हाम्रो कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष हीरालाल गजुरेलले फोरमसँग विचार मिल्ने भएकाले एकता गरिएको बताए ।  यसअघि उक्त पार्टीमा प्रकाश अधिकारीको नेतृत्वको पार्टी नेपाल कम्युनिष्ट पार्टी (संयुक्त माक्सवादी) एकीकरण भएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।