शनिबार, पुस ५, २०८२

रास्वपा केन्द्रीय समितिको बैठक आजदेखि

 |  शनिबार, पुस २०, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, पुस २०, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज (शनिबार) देखि काठमाडौँमा सुरू हँदैछ। 

National life

शनिबार र आइतबार बस्ने रास्वपा केन्द्रीय समितिको बैठकको पहिलो दिन सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।  

आजको बैठकमा पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सवलीकरण र जागरणलगायत विषयमा छलफल हुने कार्यक्रम छ। आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ। बैठकको दोस्रो दिन संविधान परिमार्जन सम्बन्धमा छलफल गर्ने बताइएको छ। 

बैठकले प्रस्तावानाको व्याख्या एवं सर्वाङ्गीण विकासको भावी रोडम्यापबारे छलफल गर्नेछ। रास्वपाको जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्यदिशासँगै कार्यक्रम तालिकाबारे यस बैठकमा छलफल हुने बताइएको छ।

रास्वपा केन्द्रीय समितिमा सभापति रवि लामिछानेसहित ६१ जना सदस्य छन्। लामिछाने भने सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि प्रहरी हिरासतमा छन्। कार्यवाहक सभापतिको जिम्मेवारीमा डोलप्रसाद अर्याल छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 04, 2025| 08:10 शनिबार, पुस २०, २०८१
प्रतिक्रिया दिनुहोस्