बुधबार, साउन १३, २०८३

आजका अखबार : वाइडबडी घोटलाका दोषी जोगाउन चलखेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

आजको कान्तिपुर दैनिकले वाइडबडी घोटामा संलग्न भनिएका गृह सचिव प्रेम राईलाई जोगाउन चलखेल सुरु भएको विषयलाई मुख्य समाचार बनाएका छ ।

संघीय संसदको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीनिकट सांसदहरूले निगमका तत्कालीन सञ्चालक समिति अध्यक्ष एवं हालका गृहसचिव राई निर्दोष रहेको भन्दै प्रतिवेदनमा उनको नाम हटाउन सुझाव दिएका छन् । सांसदको विरोधपछि प्रतिवेदन संशोधन गरी राईको नाम हटाउने तयारी भएको समाचारमा उल्लेख छ ।

निगम, कर्मचारी सञ्चय कोष तथा अख्तियार स्रोतबाट प्राप्त कागजात अध्ययन गर्दा विमान खरिद प्रक्रियामा राईसमेत सहभागी रहेको विवरण देखिन्छ । नागरिक उड्डयन मन्त्रालयको सचिवको हैसियतले राई २०७२ माघ १८ देखि २०७३ भदौ २७ सम्म निगमको सञ्चालक समिति अध्यक्ष थिए । २०७३ वैशाख २ गते राईको संयोजकत्वमा बसेको सञ्चालक समिति बैठकले ‘विमान खरिदका लागि कार्य अघि बढाउने र उपसमिति गठन गर्ने’ निर्णय गरेको थियो ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको जवाफलाई आधार मान्दा उनकै नेतृत्वमा गठित टोलीले एक हजार घण्टासम्म चलिसकेको विमान खरिद प्रक्रिया अघि बढाउन सिफारिस गरेको थियो । सोही प्रतिवेदनमा आधारित भएर राईले आचार्यको संयोजकत्वमा ४ सदस्यीय ‘वाइडबडी विमान खरिद उपसमिति’ गठन गरेका थिए । 

यस्तै कान्तिपुरले सीडीओलाई झन अधिकार शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ ।

गृह मन्त्रालयले तयार पारेको आन्तरिक शान्तिसुरक्षा र सुव्यवस्था विद्येयकमा सीडीओको अधिकार बढाइएको छ । सरकारले सीडीओमार्फत सातै प्रदेशको सम्पूर्ण प्रशासनिक संरचना तथा सुरक्षा निकाय माथिको कन्ट्रोड केन्द्रले गर्ने तयारीका साथ विद्येयक बनाएको समाचारमा उल्लेख छ । 

आजको नागरिक दैनिकले स्वास्थ्यमा खेलबाड शीर्षकमा मुख्य समाचार छापेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्न नसकेर नवीकरण नभएका औषधि कम्पनीले उत्पादन गरेको औषधि बजारमा धमाधम बिक्रीवितरण भइरहेको समाचारमा उल्लेख छ ।

जिएमपी मापदण्ड पूरा नगरेका कम्पनीबाट उत्पादित औषधि गुणस्तरहीन र सेवन गर्दा स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरूको सुझाव छ। त्यसैले जिएमपी मापदण्ड पूरा गर्न नसकेका औषधि कम्पनीले उत्पादन गरेका औषधि बिक्रीवितरणमा रोक लगाउनुपर्ने उनीहरूले बताएका छन्। बजारमा अहिले जिएमपी मापदण्ड पुग्न नसकेर नवीकरण हुन नसकेका २० भन्दा बढी कम्पनीका औषधि बिक्री भइरहेको छ।

यस्तै नेपाली सेनाले भिभिआइपीलाई चार महँगा हेलिकोप्टर किन्न लागेको विषय र प्रदेश सभाका विजयी दिपक मनाङेलाई सांसदको सपथ खुवाउने बारे सांसदहरु नै दुई कित्तामा विभाजित भएको विषयलाई पनि नागरिकले महत्वका साथ छापेको छ ।

यस्तै आजको अन्नपूर्ण पोस्ट्ले जाडो बढ्दै जाँदा महिलाहरु प्नि जल्ने जोखिम बढ्दै जने विषयलाई मुख्य समाचार बनाएको छ । उसले जाडोमा जल्छन् महिला शीर्षकमा खबर लेखेको छ । 

नयाँ पत्रिकालेले भने प्रदेशका सांसदहरुले पनि छोराछोरी र सालासालीलाई पिए राख्ने गरेको खुलासा गरेको छ । राजनीति गर्न कार्यकर्ता चाहिने, चुनाव जित्न जनता चाहिने तर अवसर जति सबै आफ्ना आफन्तलाई दिने गरिएको भन्दै नयाँ पत्रिकाले सांसदहरुको प्रवृतिका विषयमा प्रश्न चिन्ह खडा गरेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।