बुधबार, साउन १३, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आज पुस २१ गते शनिबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी। 

डीपीएल-३ : कुन टिममा कुन खेलाडी, कतिमा किन्यो (लिस्ट सहित)

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेटको अक्सनमा ट्यालेन्ट हन्टबाट छानिएका एक एक खेलाडी गरी ७२ खेलाडी किनबेच भएका छन् । 

उधौली उत्सव (फोटो फिचर)

किँरात समुदायको महान चाड साकेला उधौली पर्व विभिन्न कार्यक्रम गरि मनाइएको छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली चाड मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ।

ठगी धन्दाको बिगो ३६ अर्ब, सबैभन्दा बढी बैंकिङ क्षेत्रबाट

विभिन्न वित्तीय कसुरउपर ३६ अर्ब ५३ करोड रुपैयाँ बिगो माग दाबी गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) द्वारा गरिएको वित्तीय क्षेत्रको ठगी अनुसन्धानबाट उक्त रकम मागदाबी गरिएको हो।

दुईतिहाइले जोगिएला त ओली-रविन्द्रको 'वाइड बडी'? 

वाइड बडी घोटला प्रकरणमा संसदीय छानबिन जारी रहेकै अवस्थामा सरकारले जाँचबुझ आयोग गठन गरेर संसदीय पद्धतिलाई अपमान मात्र गरेको छैन, संवैधानिक निकायको स्वभाविक भूमिकालाई समेत उपेक्षा गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १० मा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १० बस्ने भएको छ। 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै आगामी माघ १० गते बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको जानकारी दिए। 

वाइड बडी खरीदमा अनियमितता गर्नेलाई कारवाही गर्न माग

संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइड बडी प्रकरणमा भ्रष्टाचार भएकाले त्यसमा सङ्लग्न दोषीलाई प्रचलित कानूनअनुसार कारवाहीको माग गरिएको छ। 

सरकारले जनविश्वास गुमाइसक्यो : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारमाथिको जनताको विश्वस घट्दै गएको बताएका छन्। नेता सिंहले संसदिय समितिले आफ्नो प्रतिबेदन नै नबुझाई आत्तियर रातारात गयर कानुन बिपरित समिति बनाउन लागि परेको आरोप लगाए। सरकारले संसदिय अभ्यास र अधिकार क्षेत्रलाई प्रभावित पार्ने कामगरेको प्रति उनले कडा रोष ब्यकत गरे।

उनीहरूलाई झन् कति सकस होला ?

चाबहिलदेखि जोरपाटीसम्मको सडक विस्तारले यो खण्डमा सर्वसाधरणलाई निकै सास्ती हुने गरेको छ। 

साताको शेयर बजार : एक अर्ब ६६ करोडको कारोवार

धितोपत्र बजारमा यस साता एक अर्ब ६१ करोड ७७ लाख तीन हजार ६६० मूल्य बराबरको शेयर खरीद बिक्री भएको छ। 

कर्मचारी आन्दोलनमा, महानगरमा फोहोरको थुप्रो

कर्मचारी समायोजन विधेयक विरुद्ध कर्मचारीले शुरु गरेको आन्दोलनका कारण महानगरवासी अत्यावश्यकीय सेवाबाट बंचित भएका छन्। महानगरपालिका कार्यालयका कर्मचारी बिहीबारदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रिएका हुन्।

बर्थ डे: हाम्रो संस्कृति कि फेसन !

बिहानैदेखि घरमा विशेष चहलपहल छ। गोलमढी भक्तपुरकी क्रिस्टिना सुवालको जन्मदिन। उनी दुई वर्षकी भइन्। मामा, माइजु, फुपू फुपाजु, दिदी, दाजुलगायत नजिकका सबै नातेदार भेला भएका छन्। क्रिस्टिना सुवाललाई बुबाले काखमा लिनुभएको छ। अगाडि बेसारको पात, सुकुन्दा अनि पूजाको थाली छ। सँगै अण्डा, दही, रक्सी र नयाँ कपडा छन्। 

मेस्सी र रोनाल्डोलाई पछि पार्दै नेयमार विश्वकै मुल्यवान् खेलाडी

ब्राजिलियन तथ पेरिस  सेन्ट जर्मेन (पिएसजी) का स्टार खेलाडी नेयमार विश्वकै सर्वाधिक मूल्यवान् फुटबलर बनेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमले गरेको सर्वेक्षणका अनुसार नेयमार विश्वकै सर्वाधिक मूल्यवान् फुटबलर बनेका हुन् ।

दुबै संस्करणको च्याम्पियन टीम चौराहले डीपीएल नखेल्ने

देशकै सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिग (डीपीएल)को तेस्रो संस्करणमा पहिलेका दुबै संस्करणमा च्याम्पियन बनेको टीम चौराह धनगढी न खेल्ने भएको छ । 

क्याप्टेन थापाले ल्याए ‘बारुदमाथि उड्दा’

क्याप्टेश रामेश्वर थापाको संस्मरणात्मक कृति ‘बारुदमाथि उड्दा’ सार्वजनिक भएको छ। आफ्नो ‘फ्लाइङ करिअर’मा ९ हजार घन्टाभन्दा बढी समय आकाशमा उडेका क्याप्टेन थापाको जीवनका अनुभूति समावेश भएको कृति ‘बारुदमाथि उड्दा’को शनिबार राजधानीको एलिस रिसेप्सनमा बिमोचन गरिएको हो। 

 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।