काठमाडौं- तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेटको अक्सनमा ट्यालेन्ट हन्टबाट छानिएका एक एक खेलाडी गरी ७२ खेलाडी किनबेच भएका छन् ।
२ सय ५ खेलाडीले अक्सनका लागि नाम दर्ता गरे पनि अक्सनमा भने १ सय ८६ खेलाडीको नम समावेश थियो । जसमा ६६ खेलाडी किनबेच भए ।
शनिवार काठमाडौंमा सम्पन्न भएको अक्सनमा अक्सनमा सहभागी १ सय ८६ खेलाडी र १५ जना ट्यालेन्ट हन्टबाट छानिएका खेलाडी मध्यबाट प्रत्येक ६ टिमले १२-१२ जना खेलाडी आफ्नो टिममा अनुबन्धित गरेको छ । हेरौं कुन टिममा कुन खेलाडी परेका छन् ।
बिराटनगर किंग्स (करन केसी)
कुशल भुर्तेल- १ लाख ६० हजार, पृथु बास्कोटा- १ लाख २० हजार, अर्जुन अधिकारी- ३० हजार, किशोर महतो- १ लाख, संसाद शेख- ७५ हजार, राजेश पुलामी- ७५ हजार, आसिफ शेख- १ लाख ८० हजार, हरिशंकर शाह ९० हजार, सुशन भारि- १ लाख, अमृत गुरुङ्ग, तृत राज दास, सुबाश ऐर- ३० हजार ।
सीवाईसी अत्तरिया (दिपेन्द्र ऐरि)
सन्दिप जोरा- २ लाख ३० हजार, जितेन्द्र सिंह ठकुरी- ७५ हजार, भुवन कार्की- २ लाख १० हजार, दिपेन्द्र रावत- ३० हजार, प्रेम तामांग- ५० हजार, आदील अन्सारी- ५० हजार, रामनरेश गिरि- ७५ हजार, कमल सिंह ऐरि- ९० हजार, शुबेन्दु पाण्डे- ५० हजार, खगेन्द्र जोशी, रित गौतम, ज्ञानेन्द्र कुँवर- ३० हजार ।
धनगढी स्टार्स (सोमपाल कामि)
पवन सर्राफ- २ लाख ५० हजार, दिपेश श्रेष्ठ- ८०,०००, सौरभ खनाल- १ लाख ६० हजार, सुनिल धमला- १ लाख ८० हजार, बिपिन खत्री- ९५,०००, हरि बहादुर चौहान- ९५ हजार, अमित श्रेष्ठ- १ लाख ८० हजार, राजु रिजाल- ७५ हजार, रोबिन क्षेत्री- ३५ हजार, सुनील धमला- १ लाख ८० हजार, सन्दिप रजाली- ४० हजार, धिरज शाही र कृष्ण ऐर- ३० हजार ।
काठमाडौँ गोल्डेन्स (ज्ञानेन्द्र मल्ल)
ललित राजबंशी- २ लाख ५० हजार, अनिल साह- १ लाख ७० हजार, बिक्रम भुसाल- १ लाख ६० हजार, अबिनभ यादब- ३० हजार, राशिद खान- १ लाख ७० हजार, योगेन्द्र यादब- ७० हजार, नन्दन यादब- ५० हजार, सोनु तामांग- ६५ हजार, सुर्य तामांग- ५० हजार, मेहबुब आलम- ५० हजार, सुधिर चौधरी र बिक्रम ठगुन्ना- ३० हजार ।
महेन्द्रनगर युनाईटेड (शरद भेसावकर)
रोहित पौडेल- २ लाख ३० हजार, अविनाश बोहारा- १ लाख ७० हजार, आरिफ शेख- २ लाख ५० हजार, अमर सिंह रौटेला- १ लाख २० हजार, सागर ढकाल- १ लाख, सिद्धान्त लोहनी- ७० हजार, दिलिप नाथ- ७५ हजार, शाहब आलम- ६० हजार, कुशल मल्ल- ५० हजार, सन्दिप रजाली- ४० हजार, दिपेन्द्र चन्द, सन्तोष भट्ट र सुशील खड्का- ३० हजार ।
रुपन्देही च्यालेञ्जर्स (बसन्त रेग्मी)
भिम शार्की- २ लक्ख ५० हजार, ललित भण्डारी- २ लाख ५० हजार, प्रदिप ऐरि- २ लाख ४० हजार, पुरन बिक- ५० हजार, सन्दिप सुनार- १ लाख १० हजार, बिक्रम सोब- ६० हजार, सुमित महर्जन- ७५ हजार, बिनोद भण्डारी- २ लाख ५० हजार, सुरज दराई, अनिल खरेल, शेर मल्ल- ३० हजार ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४