मंगलबार, चैत २४, २०८२

डीपीएल-३ : सर्वाधिक महङ्गा १० खेलाडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेटको अक्सन शनिवार सम्पन्न भएको छ । अक्सनमा सहभागी १ सय ८६ खेलाडी मध्यबाट प्रत्येक छ टिमले ११-११ जना खेलाडी आफ्नो टिममा अनुबन्धित गरेको छ । 

यस संस्करणको डिपिएलमा धनगढी स्टार्स, महेन्द्रनगर युनाईटेड, बिराटनगर किंग्स, रुपन्देही च्यालेञ्जर्स, काठमाडौँ गोल्डेन्स र सीवाईसी अत्तरिया गरी ६ वाट टिमहरुको सहभागिता रहेको छ । 

यिनै टिमले आफ्नो टिमका लागि महङगो मुल्य खर्चेर केही खेलाडी अनुबन्धित गरेको छ । जसले अक्सनमा २ लाख रुपैयाँ भन्दा बढी मूल्य पाएका छन् । डिपिएल अक्सनमा महँगोमा बिक्रि भएका १० खेलाडीहरु ।

२ लाख ५० हजारमा ६ खेलाडी बिक्रि भएका छन् । पछिल्लो सिजन महेन्द्रनगर युनाईटेडको कप्तानी गरेका बिनोद भण्डारी यो पटक फरक टिमबाट खेल्ने छन् । भण्डारीलाई धनगढी स्टार्स बाहेक सबै टिमले अधिकतम मूल्य २ लाख ५० हजारको लागि बोलि लगाए पनि गोलाप्रथा मार्फत उनि रुपन्देही च्यालेञ्जर्समा छानिएका थिए । 

त्यस्तै राष्ट्रिय क्रिकेट टिमका नियमित देब्रे हाते तिब्र गति बलर ललितराज भण्डारीलाई सीवाईसी अत्तरिया र रुपन्देही च्यालेञ्जर्सले अधिकतम मूल्यमा बोलि लगाएको थियो । 

गोला प्रथा मार्फत उनि पनि रुपन्देहीमा छानिएका थिए । डिपिएलको पछिल्लो सिजन ललित लिग विजेता टिम धनगढी टिम चौराहाको लागि खेलेका थिए ।
आरिफ शेखलाई महेन्द्रनगर युनाईटेड, ललित राजबंशी काठमाडौँ गोल्डेन्स, पवन सर्राफ धनगढी स्टार्स, भिम शार्की रुपन्देही च्यालेञ्जर्सका लागि २ लाख ५० हजारमा अनुबन्धित भएका छन् ।

प्रदिप ऐरि २ लाख ४० हजारमा रुपन्देही च्यालेञ्जर्समा अनुबन्धित हुँदा २ लाख ३० हजारमा सीवाईसी अत्तरियामा सन्दिप जोरा, सोहि मुल्यमा रोहित पौडेल महेन्द्रनगर युनाईटेडमा अनुबन्धित भएका छन् ।  

भुवन कार्की २ लाख १० हजारमा सीवाईसी अत्तरियामा अनुबन्धित भर्एएका छन् । देब्रे हाते स्पिनर तथा अलराउण्डर भुवन कार्कीलाई सीवाईसी अत्तरियाले २ लाख १० हजार रुपैयाँमा खरिद गर्यो । गत सिजन भुवन महेन्द्रनगर युनाईटेडको लागि खेलेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।