बिहीबार, जेठ २१, २०८३

यती एअरलाइन्सले २५ हजारमा देश भ्रमण गराउने

 |  बुधबार, पुस १७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, पुस १७, २०८१
National life
Shivam cement

काठमाडौं- नयाँ वर्ष सन् २०२५ को अवसरमा यती एअरलाइन्सले ‘२५ हजारमा नेपाल भ्रमण’ योजना सार्वजनिक गरेको छ। ‘यती ट्राभल कार्ड’ अघि सार्दै यती एअरलाइन्सले यो योजना घोषणा गरेको हो।

यस योजना अन्तर्गत ग्राहकहरुले एकमुष्ठ २५ हजार रुपियाँ भुक्तानी गरेर ‘यती ट्राभल कार्ड’ खरिद गरी यसको सदस्यता लिन सक्नेछन्। उक्त कार्डमार्फत् सदस्यले यती एअरलाइन्सले उडान भर्ने जुनसुकै गन्तव्यहरूमा ४ महिनाभित्र १० पटकसम्म यात्रा गर्न सकिने यती एअरलाइन्सले जनाएको छ।

एअरलाइन्सका अनुसार टिकट अन्य व्यक्तिलाई हस्तान्तरण गर्न भने पाइने छैन र नेपाली यात्रुहरूलाई मात्र लागू गरिएको छ। यती एअरलाइन्सले धेरै यात्रा गरिरहने व्यक्तिहरू र कर्पोरेट ग्राहकहरूलाई लक्षित गर्दै सो कार्ड सेवा सञ्चालनमा ल्याएको हो।

प्रकाशित: Jan 01, 2025| 16:08 बुधबार, पुस १७, २०८१
प्रतिक्रिया दिनुहोस्