बिहीबार, जेठ २१, २०८३

सेयर कारोबार रकम साढे तीन अर्बमा झर्‍यो

 |  बुधबार, पुस १७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, पुस १७, २०८१

काठमाडौं- नेप्से परिसूचक आज सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार  ३३ अंकले घटेको सेयर बजार आज ५.१० अंकले बढेर २५८१.६० विन्दुमा पुगेको छ।

National life

नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने मंगलबारको तुलनामा घटेको छ। आज ३०५ कम्पनीको ९४ लाख ३४ हजार ९ कित्ता सेयर ३ अर्ब ५९ करोड ७४ लाख  ४५ हजार  ३३४ रुपैयाँमा खरिदबिक्री भएको छ। मंगलबार ५ अर्ब ६७ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

आज एउटामात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। त्रिशूली जलविद्युतको सेयर १० प्रतिशतले बढेको हो। सपोर्ट माइक्रो फाइनान्सका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन्।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। यो कम्पनीको २१ करोड ८२ लाख मूल्य बराबरको सेयर कारोबार भयो। जानकी फाइनान्सको ९ करोड ६९ लाख, त्रिशूली जलविद्युत कम्पनीको ९ करोड २९ लाख, प्रभु बैंकको ८ करोड ८८ लाख र नेपाल फाइनान्सको ८ करोड ४८ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

 

Shivam cement

प्रकाशित: Jan 01, 2025| 15:44 बुधबार, पुस १७, २०८१
प्रतिक्रिया दिनुहोस्