सोमबार, असोज १९, २०८३

कांग्रेसको उद्योग विभागमा दश सदस्य मनोनीत

 |  मंगलबार, पुस १६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १६, २०८१

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागमा दश सदस्य मनोनयन गरेका छन्।

पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा दश जनालाई आज उनले मनोनयन गरेका हुन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार खगेश्वर बोहरा (कञ्चनपुर), मीनबहादुर भण्डारी (जुम्ला), ध्रुव खड्का (काठमाडौँ), जमसेरअलि मियाँ (कपिलवस्तु), सीताराम परियार (काभ्रेपलाञ्चोक), शम्भुहरि बाँस्तोला (सोलुखुम्बु), सञ्जीव घिमिरे (झापा), जुनु गुरुङ (लमजुङ), विजयकुमार सिंह (रौतहट) र राजीव श्रेष्ठ (काठमाडौं) लाई मनोनयन गरेका हुन्।
 

प्रकाशित: Dec 31, 2024| 17:55 मंगलबार, पुस १६, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नविन्द्रराजको अधुरो सपना पूरा गर्ने संकल्पसहित नेतृत्व यात्रामा सपना राजभण्डारी

निष्ठा, समावेशिता र जनसेवाको आदर्शलाई आत्मसात् गर्दै नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आदिवासी जनजाति महिलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी सपना राजभण्डारी जोशीको राजनीतिक यात्रा।