मंगलबार, असार २४, २०८२

आगामी १० वर्ष पर्यटन दशक मनाइने

 |  मंगलबार, पुस १६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १६, २०८१

vianetvianet

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार रहेको बताएका छन्।

नेपाल पर्यटन बोर्डको २६ औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले समग्र पर्यटन उद्योगलाई दिशानिर्देश गर्नेगरी सरकारले नीतिगत व्यवस्था गर्न लागेको बताए।

मन्त्री पाण्डेले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) को अवधारणाअनुरुप सञ्चालन गर्नुपर्नेमा जोड दिए। धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न भोलिदेखि आगामी एक दशकसम्म पर्यटन दशक मनाइने उनले घोषणा गरे । “हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त छ । यही विविधता बीचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास गर्नु आजको आवश्यकता हो,” उनले भने।

मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि नेपालले उपयोग गर्न नसकेको बताए। उनले पर्यटन क्षेत्रको प्रशस्त सम्भावना भएपनि पर्यटन क्षेत्रले स्वरोजगार र जीडीपीमा न्यूनतम मात्रै योगदान गरेको बताए। उनले पर्यटनको प्रशस्त सम्भावना छ मात्रै भनिरहने भन्दा पर्यटन प्रवर्द्धनका लागि काम गर्नुपर्ने आवश्यकता रहेको बताए।

‘अहिले पर्यटन क्षेत्रको प्रशस्तै सम्भावना छ पनि भन्छौँ। तर उपयोग गर्न सकिरहेका छैनौँ। एकदमै झिनो मात्रै योगदान छ। देशको स्वरोजगारीमा अथवा जिडिपिमा न्यूनतम मात्रै योगदान छ। त्यसैले हामीले भन्ने यी कथाहरु भनिमात्रै रहने हो, दाहोर्‍याइमात्रै रहने हो भने पुराणा वाचन जस्तो पर्यटन क्षेत्रबाट हामी निकै माथि पुग्नसक्छौँ, पटक पटक पुनरावृत्तिको यसको अर्थ छैन,' उनले भने, 'यसका लागि हामीले परिणाम ल्याउनुपर्छ। हाम्रा सबै निकायहरु यहाँ हुनुहुन्छ। निकायहरु समन्वयात्मक ढंगले काम गर्नुस्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय यो मन्त्रालय कतिपय देशमा तीन वटा छ। यो तीन स्तम्भै समेटिएको छ।’

मन्त्री पाण्डेले सरकार र निजी क्षेत्र मिलेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए। उनले कामको चाङमा जुठो हाल्ने तर फत्ते नगर्ने प्रवृत्तिले समस्या रहेको बताए। नेपाल आउने पर्यटकहरुलाई राम्रो स्वागत सत्कार गरे पर्यटन प्रवर्द्धनका लागि नेपालको प्रचार हुने बताए।

प्रकाशित: Dec 31, 2024| 13:31 मंगलबार, पुस १६, २०८१
प्रतिक्रिया दिनुहोस्